आज थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति?

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा २, उदयपुरमा १०, ओखलढुंगामा १, खोटाङमा ३, झापा ७८, तेह्रथुम ३, धनकुटामा ५, भोजपुरमा १, मोरङमा २५३, संखुवासभामा ४, सुनसरीमा २०३, सोलुखुम्बुमा ९, धनुषामा ८, पर्सामा २०, बारामा ३, महोत्तरीमा २७, रौटहतमा ३, सप्तरीमा ११, सर्लाहीमा ६, सिरहामा ९, काठमाडौँमा ६९६, काभ्रेमा ८, चितवनमा १६३ र धादिङमा २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नुवाकोटमा ५, भक्तपुरमा २९, मकवानपुरमा ३९, ललितपुरमा ११८, सिन्धुपाल्चोकमा ३, कास्कीमा ९९, गोरखामा ११, तनहुँमा १०, नवलपरासीपूर्वमा ५०, पर्वतमा १, मुस्ताङमा १, लमजुङमा २, बागलुङमा ४, स्याङ्जामा १३, गुल्मीमा ३, दाङमा ३, नवलपरासीमा १, पाल्पामा १, बर्दियामा ६, बाँकेमा १, रुपन्देहीमा ७, दैलेखमा ६, अछाममा ४, कञ्चनपुरमा २ र कैलालीमा ६ जनामा कोरोना पुष्टि भएको छ।

कात्तिक १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्