काठमाडौँबाट बाइरोडको बाटो हेटौँडा जाँदा भैसेँदेखि केही अगाडि पुगेपछि बाटोको दायाँबायाँ त्रिखण्डेश्वर महादेवको संरचना छ। योगी पाइलट बाबाले आफ्ना गुरु हरिबाबासँग दीक्षा लिएको ठाउँ हो यो। पाइलट बाबाको आध्यात्मिक जीवन यहीँबाट नै सुरु भएको मानिन्छ।

अहिले पाइलट बाबाका शिष्य खप्पर बाबा एक्लै बस्छन् यहाँ। हरिबाबा र उनका गुरु अवतारबाबाको समाधि यही स्थानमा छ।

पाइलट बाबाले आफूले दीक्षा प्राप्त गरेको यही स्थानमा आफ्ना गुरु र महागुरुको समाधिस्थल तथा मन्दिर पुनर्निर्माणका लागि योगदान गरेका छन्।

उनले दिएको रकममा पाइलट बाबाका शिष्यहरु तथा अन्य शुभचिन्तकहरुले दिएको रकम थप गरेर खप्पर बाबाको पहलमा अहिले यो क्षेत्रमा धमाधम पुनर्निर्माणको काम भइरहेको छ। हरिबाबा र अवतारबाबाको समाधिलाई एउटै संरचनामा राखिएको छ। मन्दिरको पुनर्निर्माण गरिएको छ।

गत फूलपातीका दिन नेपाली सेनाले त्रिखण्डेश्वर महादेवमा फूलपाती भित्र्याउनुका साथै सलामी पनि दिएको थियो।

उक्त मन्दिर तथा समाधिस्थल पुनर्निर्माणका केही तस्बिरहरु: