इंग्ल्याण्डमा दैनिक एक लाख मानिस कोरोना भाइरसबाट संक्रमित

एक बिस्तारित विश्लेषणात्मक अध्ययनका अनुसार इंग्ल्याण्डमा दैनिक झण्डै एक लाख मानिस कोरोना भाइरसबाट संक्रमित भइरहेका छन् ।

इम्पेरियल कलेज लण्डनले गरेको अध्ययन अनुसार महामारीको गति तीव्र रुपमा बढिरहरेको र हरेक ९ दिनमा संक्रमित हुनेको संख्या दोब्बर भइरहेको छ ।

अनुसन्धानकर्ताले अहिले महामारीको अति गम्भीर अवस्थामा रहेको र तत्काल उपयुक्त परिवर्तनको खाँचो रहेको बताएका छन् ।

फ्रान्स र जर्मनीमा पुनः लकडाउनको घोषणा गरिएको छ । फ्रान्सको भन्दा जर्मनीको लकडाउन केही खुकुलो हुने भए पनि दुवै देशमा फेरि लकडाउन घोषणा भएको हो ।

युरोपमा अहिले कोरोना भाइरस महामारीको दोस्रो लहर तीव्र गतिमा बढ्दो छ । विज्ञहरुले यो पटक महामारीको विगतको उच्चतम विन्दुमा चाँडै पुगिने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

इम्पेरियल कलेजले गरेको अध्ययनमा इंग्ल्याण्डका रहेक उमेर समूहका व्यक्तिमा कोरोना भाइरसको संक्रमण अहिले विगतको भन्दा तीव्र गतिमा फैलिरहेको छ ।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्