बारामा प्रहरीले गोली चलाउँदा १४ वर्षका बालक गम्भीर घाइते

सांकेतिक तस्बिर

वीरगञ्ज – बारामा तस्करीको सामान नियन्त्रणमा लिएर फर्कने क्रममा प्रहरीको टोलीलाई स्थानीय बासिन्दाले आक्रमण गरेका छन्। सो क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन्।

सुवर्ण गाउँपालिकाको कवही गोठमा तस्करी गरि ल्याइएको प्याज नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा स्थानीयबासिन्दाले प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि झडप भएको हो।

स्थानीय बासिन्दाले प्रहरी टोलीमाथि ढुङ्गा प्रहार गरेर भ्यान समेत तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको बाराका प्रहरी उपरीक्षक कृष्ण पङेगेनीले जानकारी दिए।

सो क्रममा प्रहरीले १२ राउण्ड गोली चलाउनु परेको उनले बताए ।

प्रहरीले चलाएको गोली लागेर स्थानीय १४ वर्षका रन्जन यादव गम्भीर घाइते भएका छन्।

यादवको वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्