दाङ – लमही अस्पताललाई समुदाय स्तरबाट सहयोग जुट्न थालेको छ।

बिरामीको उपचारमा सहयोग पुर्‍याउने उदेश्यले देउखुरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका दिवंगत प्रकाश गौतमको स्मृतिमा गौतम परिवारले फोल्डिङ्ग वेड, ह्विलचियर लगायतका अन्य सामग्री सहयोग गरेको हो ।

‘दाइ बितेर जानु भयो । उहाँको सम्झनामा हाम्रो परिवारले थोरै भएपनि बिरामीको उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले यी सामग्री दिएका हौँ’, भाइ प्रमोद गौतमले भने, ‘यी सामनाहरु प्रयोगमा ल्याइदिनुहोला ।’

दिवंगत प्रकाश गौतमका बुवा शंकर गौतमले बेड र बहिनी मिना शर्माले ह्विलचियर सहयोग गरेका हुन्।

बिहीबार दिवंगत प्रकाश गौतमका भाइ प्रमोद गौतम र छोरा प्रणित गौतमले लमही अस्पताल व्यवस्थापन समितिका सदस्य गंगाराम भट्टराई र डाक्टर सत्यप्रसाद वैद्यलाई हस्तान्तरण गरेका हुन्।

डाक्टर वैद्यले फोल्डिङ्ग बेड इमर्जेन्सी वार्डमा राखिने बताए। अस्पताल व्यवस्थापन समितिका सदस्य गंगाराम भट्टराईले अस्पताललाई समुदाय स्तरबाट अझै सहयोगको खाँचो रहेको बताए।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्