रवि लामिछाने र निकिता पौडेललाई कोरोना संक्रमण

काठमाडौँ – सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण भएको छ।

लामिछानेले आफूहरु दुवैजनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।

मंगलबार रातिदेखि हल्का ज्वरो आएपछि बुधबार परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताएका छन्।

लामिछानेले आफूहरु दुवैको स्वास्थ्य सामान्य रहेको पनि जानकारी दिएका छन्।

‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौँ त्यसैले धेरै समस्या छैन तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहीँ बिल्कुल लापरबाही नगरौँ’, उनले भनेका छन्।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्