बुटवल- लुम्बिनी प्रदेशमा नयाँ भर्ना भएका प्रहरी जवानहरुको तालिम कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ।

अहिले बुटवलस्थित प्रहरी तालिम केन्द्रमा नियुक्ति बुझ्नका लागि प्रहरी जवानहरूको लाइन लागेको छ।

नयाँ भर्ना भएका प्रहरी जवानहरूको कात्तिक २५ गतेदेखि तालिम सुरु हुने भएको तालिम केन्द्रकी प्रहरी सहायक निरीक्षक सबिना भट्टराईले जानकारी दिइन्।

२५ गतेदेखि शुरू हुने तालिममा ५ सय २० जना सहभागी हुने पनि भट्टराईले जानकारी दिइन्।

देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु: