फ्रान्सको नाइस सहरमा आतंकवादी हमला, तीनको ज्यान गुम्यो

तस्बिर: बिबिसी

फ्रान्सको नाइस सहरमा बिहीबार बिहान भएको चक्कु आक्रमणमा तीन जना मारिएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

बिबिसीका अनुसार नाइस सहरको प्रसिद्ध चर्च नोट्रेडम बासिलिका नजिकै आतंककारी आक्रमण भएको र तीन जनाको ज्यान गुमेको त्यहाँका मेयर क्रिश्चियन इस्ट्रोसीले जानकारी दिएका छन्।

प्रहरीका अनुसार एक महिलाको टाउको छिनालिएको थियो। घटनाका शंकास्पदलाई लगत्तै समातिएको छ।

मेयरले संवाददातालाई बताएअनुसार शंकास्पद अभियुक्तले पटकपटक अल्लाहअकबरको नारा लगाएका थिए।

मारिएकामध्ये एक उक्त चर्चका एक कर्मचारी रहेको पनि बिबिसीले उल्लेख गरेको छ।

बिहीबार रातिदेखि लागू हुने लकडाउनका नयाँ नियमहरु जानकारी दिइरहेको बेला ‘राष्ट्रिय सभा’मा आतंकवादी हमलाको सूचना आएपछि एक मिनेट मौन धारण गरिएको छ।

चार वर्षअघि नाइस सहरमा भएको भयानक आतंकवादी हमलामा ८६ मानिसको ज्यान गएको थियो।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्