ब्राउनसुगरसहित नेपालगञ्जबाट एकजना भारतीय नागरिक पक्राउ

सांकेतिक तस्बिर।

नेपालगञ्ज– लागुऔषध ब्राउनसुगरसहित नेपालगञ्जमा एकजना भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले नेपालगञ्जको एक्लैनीबाट भारतीय नागरिक आरिफलाई ६ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

दिउँसो साढे तीन बजेतिर आरिफलाई खानतलासी गर्दा पाइन्टको खल्तीमा ७ वटा पोकामा राखिएको ब्राउनसुगर बरामद भएको थियो। आरिफ नेपालगञ्जमा ब्राउनसुगर पुर्‍याउन आएको हुनसक्ने प्रहरीको भनाइ छ।

नेपालबाट भारततिर जाने व्यक्तिलाई निगरानी गर्न थालिएपछि भारतीयहरु आफै ब्राउनसुगर पुर्‍याउन नेपालगञ्ज आउने गरेको प्रहरीको अनुमान छ।

यसरी ब्राउनसुगर पुर्‍याउन नेपालगञ्ज आउँदा पक्राउ परेका चार दर्जनभन्दा बढी भारतीय नागरिक नेपालगञ्जको जेलमा रहेका छन्।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्