काठमाडौँका सिडिओ जनकराज दाहाललाई कोरोना संक्रमण

काठमाडौँ- काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

टाउको दुखेपछि पिसिआर परीक्षण गर्दा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको हो।

दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा बसेको जानकारी गृह मन्त्रालयलाई गराएका छन्।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दाहाललाई कोरोना संक्रमण देखिएको जानकारी गराएका छन्।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्