‘जाडो बढेसँगै कोरोनाको जोखिम झनै बढ्छ’

जनस्वास्थ्य विज्ञ डा. समिरमणि दीक्षित।

काठमाडौँ– जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षितले जाडो बढेसँगै कोरोनाको जोखिम झनै बढ्ने बताएका छन्।

डा. दीक्षितले जाडोमा मौसमी रुघाखोकीले मानिसलाई पिरोल्ने भन्दै मौसमी रुघाखोकी र कोरोना छुट्याउनका लागि परीक्षणको आवश्कता रहेको बताए।

उनले भने, ‘जाडोमा संक्रमण सर्न सक्ने धेरै नै अवस्था आउँछ। घरभित्र कोठा न्यानो बनाउन हामी झ्याल लागाएर बसेको हुन्छौँ, त्यहाँ अरुलाई छिर्न दिनु हुँदैन।’

उनले भेटघाट गर्नुपरेमा कोठाबाहिर वा खुला स्थानमा गनुपर्ने समेत बताएका छन्। उनले काठमाडौँ उपत्यका बाहिरबाट घर फर्कनेहरुलाई घरमा आइसकेपछि घरपरिवार तथा जोखिम समूहबाट अनिवार्य रुपमा कम्तिमा पाँचदिन छुट्टै बस्न आग्रह गरेका छन्।

साथै त्यसपछिको पाँचदिन भने अनिवार्य मास्कको प्रयोग गरेर मात्र बाहिर हेलमेल गर्न उनले आग्रह गरे।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्