आईपीएलः चेन्नईले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै कोलकात्ता

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्सले कोलकात्ता नाइट राइडर्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

चेन्नईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि कोलकत्ता पहिले व्याटिङ गर्दैछ। खेल युएईको दुबईमा हुँदैछ।

जारी आईपीएलमा चेन्नई प्लेअफ पुग्ने सम्भावना करिब सकिएको छ। कोलकात्ताको अन्तिम चारमा स्थान बनाउने गणितीय सम्भावना बाँकी छ।

१२ खेलबाट १२ अंक जोडेको कोलकात्ता अंकतालिकामा पाँचौँ स्थानमा रहेकाे छ भने १२ खेलबाट ८ अंकमात्रै जोडेको चेन्नई अंकतालिकाको पुछारमा छ।

प्लेअफ पुग्ने सम्भावना जीवितै राख्न कोलकात्तालाई आजको खेल जित्नै पर्ने दवाव छ। चेन्नई महेन्द्रसिंह धोनीको कप्तानीमा छ भने कोलकात्ता इयोन मोर्गनको कप्तानीमा छ।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्