सचिवालयले सुधार्यो सांसदको विवादित लोगो

संसद सचिवालयले सांसदहरुलाई वितरण गरेको एक रुपता नभएका लोगोहरु। पहिलो सचिवालयले तयार पारेको नमुना कपी।

काठमाडौँ – संघीय संसद सचिवालयले विवादित लोगो सच्याएको छ।

सरकारले लिपुलेक, लिम्पियाधुरा समेटिएको नक्सा जारी गरेपछि पुरानो नक्सा अंकित लोगोलाई खिचेर नयाँ लोगो दिन थालेपछि विवादमा तानिएको थियो।

लोगोमा अंकित नेपालको नक्सा हचुवाका भरमा बनाएको भन्दै सांसदहरुले नै फिर्ता गरेपछि सचिवालयले सबै लोगोलाई परिमार्जन गर्दै नयाँ बनाउन दिएको थियो।

लिपुलेकसहितको दुरुस्त नक्सा राखेर सचिवालयले बनाएको नयाँ लोगो वितरण सुरु गरेको सचिवालयले जनाएको छ।

टेकवीर मुखियाले डिजाइन गरेको लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्