प्रदेश १ मा १३४ कोरोना संक्रमित थप, ७० डिस्चार्ज

मोरङ- प्रदेश १ मा कोरोना भाइरस कोभिड १९ का नयाँ १ सय ३४ जना संक्रमित थपिएका छन्।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिकामा ४७, इटहरी उपमहानगरपालिकामा ७, रामधुनी नगरपालिका, गढी गाँउपालिका र स्थानीय तह नखुलेकामा समान १ जनामा संक्रमण देखिएको हो।

त्यसैगरी मोरङको विराटनगर महानगरपालिकामा ३२, बुढीगंगा गाँउपालिकामा २, कानेपोखरी गाँउपालिका, सुन्दरहरैचा र बेलबारी नगरपालिकामामा समान १ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

झापाको भद्रपुर र विर्तामोड नगरपालिकामा समान ८, मेचीनगर र कनकाई नगरपालिकामा समान ३, शिवसताक्षी नगरपालिकामा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा समान १ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ।

पहाडी क्षेत्रतर्फ, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ८४ पुगेको छ ।

अर्कोतर्फ, प्रदेशबाट बिहीबार ७० जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

विराटनगरस्थित कालि सदन आईसोलेसन र मारवाडी सेवा सदन आईसोलेसनबाट समान २५, बैजनाथपुर आईसोलेसन र विराट शिक्षण अस्पतालबाट समान १० जना डिस्चार्ज भएका हुन्।

हालसम्म १० हजार १ सय ७९ जना डिस्चार्ज भएका छन् ।

प्रदेशमा बिहीबार ४ सय ४२ जनाको पिसिआर परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म १ लाख ५६ हजार ९ सय ८८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

कात्तिक १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्