बार्यन म्युनिख उक्लियो शीर्ष स्थानमा

बार्यन म्युनिख जर्मन बुण्डेस लिगा फुटबलको शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा मोलोग्नलाई २–१ ले पराजित गर्दै बार्यन म्युनिख शीर्ष स्थानमा पुगेको हो ।

अवे मैदानमा भएको खेलमा १३ औँ मिनेटमा पाएको पेनाल्टीमा थोसम मुलरले गोल गरी बार्यनलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सर्गेइ ग्नाब्रीले गोल गरेर टिमको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा घरेलु टिम कोलोग्नले एक गोल फर्कायो । उसका लागि ८२ औँ मिनेटमा डोमिनिक ड्रेक्सलरले गोल गरेका हुन् । जितपछि बार्यनको ६ खेलबाट १५ अंक भएको छ ।

शनिबार राति नै भएको खेलमा बिएलिफिल्डलाई २–० ले पराजित गरेको बोरुसिया डर्टमुण्डको पनि १५ अंक नै छ । तर गोल अन्तरका आधारमा बार्यन शीर्ष स्थानमा पुगेको हो ।

कात्तिक १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्