नेपाल-भारत-चीन त्रीदेशीय सम्बन्धबारे चर्चा

नेपाल-भारत-चीन त्रीदेशीय सम्बन्धबारे चर्चा
+
-

काठमाडौँ- द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल रिलेसन (आइडिया) ले नेपाल-भारत-चीन त्रिदेशीय सम्बन्धबारे बिहीबार वेबिनार आयोजना गरेको छ।

यी तीन छिमेकी देशको वर्तमान अवस्था र भावी सहकार्यका सम्भावनाबारे वेबिनार केन्द्रित थियो। हावर्ड एसिया सेन्टरका फेलो अनु अनवरले भारतले यस क्षेत्रमा साना देशलाई सांस्कृतिक रुपमा जोडेर दक्षिण एसियाको भूराजनीतिक सीमा सम्बन्धमा उनिहरुलाई सक्रिय सहभागी हुनबाट रोकेको बताए। उनले चीनले दक्षिण एसियाका साना देशमा आफ्नो उपस्थिति बढाएर भारतलाई घच्घच्याउनुपर्ने बताए।

नेपाल स्टडी सेन्टरका निर्देशकसमेत रहेका प्रोफेसर झाङ सुबिनले दक्षिण एसियामा चिनियाँ बीआरआई र अमेरिका नेतृत्वको इन्डो प्यासिफिकले विरोधाभास सिर्जना गरेको बताए। उनले अमेरिकन र भारतीय सञ्चार माध्यमले चीनसँग शितयुद्धको मानसिकता तयार गरेको र यही कारण चीन-भारत सहकार्य अगाडि बढ्न नसकेको बताए।

नेपाल र भारत तयार भए चीन जस्तोसुकै सहयोगका लागि पनि तत्पर रहेको उनको भनाइ छ। मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति हरिप्रसाद चन्दले नेपाल-भारत र चीन तीनवटै देशको विकासका लागि यी सबै देश एकै ठाउँमा उभिएर सहकार्य गर्नुपर्ने बताए।

दिल्ली रिसर्च ग्रुपकी रिसर्च एसोसिएट अगाना गुहाले त्रिदेशीय सहकार्य अघि द्विदेशीय सम्बन्ध सुधार र बलियो हुनुपर्ने आवश्यकता औँल्याइन्। छेङ्दु इन्स्टिच्युट अफ वर्ल्ड अफेयर्सका रिसर्च फेलो झाङ सेनले नेपालका लागि इन्डो प्यासिफिकभन्दा चिनियाँ बीआरआई औचित्यपूर्ण रहेको बताए। उनले पैसाभन्दा पनि सार्वभौमिकता महत्वपूर्ण हुने भन्दै बीआरआईले यसलाई सम्मान गर्ने बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष