सांकेतिक तस्बिर।

नेपालगञ्‍ज-जाजरकोटका तिलकबहादुर शाही ठूलो मात्रामा लागु औषधी अफिमसहित पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्यूरोको टोलीले बाँकेको खजुरा गाउँपालिका वडा नं. ८ को सुनौलोटोलबाट दश किलो चार सय ग्राम अफिमसहित शाहीलाई पक्राउ गरेको हो ।

शाही अफिम बिक्री गर्न बाँकेमा आइपुगेका थिए । पहाडी जिल्लामा उत्पादन हुने अफिम बाँके हुँदै भारत पुग्ने गर्दछ।

अफिमको मोलमोलाइ भइरहेको बेलामा पुगेको ब्यूरोको टोलीले शाहीलाई नियन्त्रणमा लिएको बाँके प्रहरीले बताएको छ ।

गत शनिबार बाँकेको कुसुमबाट तीन किलो अफिमसहित रुकुम पश्चिमका एकजना पक्राउ परेका थिए।

जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज हृदेयस सापकोटाले दश किलो चार सय ग्राम अफिमसहित पक्राउ गरिएका शाहीलाई जिप्रकामा ल्याएर कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए।

कात्तिक २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्