काठमाडौँ – देशको पहाडी भूभागमा शुक्रबारको मौमिमा आंशिक बदली रही अन्य भूभागमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार राति पनि पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान महाशाखाले गरेको छ।

अहिले बिहानीपख पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन्।

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन।

कात्तिक २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्