फाेटाे फिचर

सुशासन अभियानद्वारा काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ – नेपाल सुशासन अभियानले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हो ।

माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले भ्रष्टाचारको अन्त्य गरेर सदाचार कायम गर्न माग गरिएका प्लेकार्ड पनि बोकेका थिए। उनीहरुले किसानका समस्या समाधान गर्न पनि माग गरेका छन्।

उनीहरुले कोरोना संक्रमितको उपचार र परीक्षणमा विशेष ध्यान दिन सरकारसँग माग गरेका छन्। प्रदर्शनमा अभियानका संयोजक रमेश खरेल पनि सहभागी थिए।

खरेलले जनताले अहिले सरकार खोजिरहको बताए। सरकार नभएको महसुस जनतालाई भएकोले आफूहरु सरकारको आँखा खोल्न सडकमा ओर्लेको बताए।

 

कात्तिक २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्