पीडितलाई क्षतिपुर्ति दिने सहमतिपछि अवरुद्ध लमही भालुवाङ सडकखण्ड सुचारु

दाङ-लमही भालुवाङ सडक खण्ड अवरुद्ध भएको तीन घण्टापछि पूर्व पश्चिम राजमार्ग सुचारु भएको छ।

घटनाको अनुसन्धान गर्दै पीडित परिवारलाई उचित क्षतिपुर्ति उपलब्ध गराउने सहमती भएपछि अवरुद्ध सडक सुचारु भएको राप्ती गाउँपालिका वडा नं. २ का अध्यक्ष जगतबहादुर थापाले जानकारी दिए।

‘विहान ११ बजे देखी राजमार्ग अवरुद्ध थियो । परिवारका सदस्य, प्रहरी र जनप्रतिनिधि विचको छलफलले सहमती जुटाएको छ’उनले भने,‘उचित क्षतीपुर्तीको लागी सबैले पहल गर्ने सहमती भएको छ ।’

देउखुरीको मौरीघाटमा मंगलबार राती ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएपछी कानुनी कारबाही र उचित क्षतीपुर्तीको माग राख्दै सडक अवरुद्ध गरिएको थियो ।

राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी १६ वर्षिय मनोज गाहा, वडा नम्बर २ लालमटिया निवासी १८ वर्षिय कसम पुन र वडा नम्बर ८ पिपरी निवासी १७ वर्षिय दिनेश घर्तीको मृत्यु भएको हो ।

मंगलवार लमही भालुवाङ सडक खण्ड अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट जनकपुरमा राति पश्चिमबाट पुर्बतर्फ गइरहेको ना ६ ख ३३४४ नम्बरको ट्रक र रा ५ प ६७३३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो। ट्रक समेत पल्टिएको छ। मृतक तिनै जनाको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

कात्तिक २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्