स्वागत छ शुभ-दिपावली

निलो आकाशमा आशाको रंग भरेर
धर्तिभरी ढकमक्क फूलहरु छरेर

जिबनमा नयाँ आशा अनि उमंग भर्न
शुभ- दीपावली तिमी फेरि आयौ
तिमीलाई स्वागत छ गाउँ सहरमा।

गाउँ बस्तीलाई रातो माटोले पोतेर
छिर्केमिर्के रातो सेतो रंगमा सजाएर

सयपत्री अनि मखमली माला लगाएर
शुभ- दिपावली तिमी फेरी आयौँ
तिमीलाई स्वागत छ गाउँ सहरमा।।

शान्त माधुर्य मौसम बोकेर
बस्तीभरि खुशीको आशा बोकेर

वर्षभरिका पिर व्यथा भुलाउन
शुभ-दिपावली तिमी आयौ
तिमीलाई स्वागत छ गाउँ सहरमा।।

मानवबीचमा एकताको भावना बोकेर
मानवलाई पुजा र सम्मानको भाव लिएर

प्रकृति र मानव सम्बन्धको विश्वास बोकेर
शुभ- दिपावली तिमी फेरी पनि आयौँ
तिमीलाई स्वागत छ गाउँ सहरमा।।

शुभ दीपावली तिम्रो स्वागतमा
बस्तीलाई दियोले धपक्क पार्ने छौं

तिमीले हिड्ने गोरेटाहरू पोत्ने छौं
मखमली सयपत्री फुलैफुलले भर्नेछौं

तिमी आँउ जीवनको नयाँ आशा बनेर
खुशी अनि धनधान्यले सबैलाई भरिदेऊ

गाउँ सहरमा तिमीलाई स्वागत छ
शुभ दिपावली तिमीलाइ स्वागत छ।।

 

कात्तिक २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्