पोखराबाट तुलसीपुर आउँदै गरेको बसमा अचानक आगो लाग्यो, यात्रु सकुशल

फाइल तस्बिर

दाङ–पोखराबाट तुलसीपुर जाँदै गरेको ना ५ ख ३६६ नम्बरको बसमा अचानक आगलागी भएको छ।

कालाकाटे र धानखोलाको विच क्षेत्रमा बसमा आगलागी भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख भुवन भट्टले बताए।

आगलागीका कारण बस पूर्णरुपमा जलेर खरानी भएको छ ।

‘बसको ईञ्जिनमा अचानक धुवा देखियो। अनि बसमा आगो लाग्न थाल्यो।’

बसका चालक संगको कुराकानीबाट खुल्न आएको प्रहरी प्रमुख भट्टले भने,‘हामी यहाँ आईपुग्दा सम्म बस जलीसकेको थियो । एउटा टायर मात्रै जोगीएको छ ।’

बसमा २३ यात्रु सवार थिए । सबै यात्रु सकुसल छन् । बसमा के कारणले आगो लाग्यो भन्ने बारेमा पुष्टी हुन सकेको छैन् ।

प्रहरीका अनुसार सटसर्किटका कारण बसमा आगो लागेको हुन सक्ने बताएको छ ।

कात्तिक २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्