सचिवालय बैठकमा ओलीविरुद्ध रणनीति तय गर्न खुमलटारमा छुट्टै छलफल

काठमाडौँ-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भोलि शुक्रबार अपराह्न ४ बजे बोलाएको सचिवालयको बैठकका लागि ठोस रणनीतिबारे गर्न पार्टी अध्यक्ष केपी ओलीविरुद्ध पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले खुमलटारमा छलफल गरेका छन्।

उनले ओलीविरुद्ध उत्रिएका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसग छलफल गरेका थिए। छलफलमा उपाध्यक्ष वामदेव गौतम पनि सामेल भएको बुझिएको छ।

झन्डै एक महिनापछि ओली भोलि सचिवालय बैठक डाक्न सहमत भएकै दिन उनीविरुद्ध बैठकमा कसरी प्रस्तुत हुने भन्नेमा उनीहरुको छलफल केन्द्रित रहेको बुझिएको छ।

तर अध्यक्ष प्रचण्डले सामूहिक नभइ छुट्टाछुट्टै नेताहरुलाई बोलाएर छलफल गरेको उनको सचिवालयले बताएको छ।

कात्तिक २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्