काठमाडौँ – मुलुकका सबै जसो स्थानमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहने छ। यसबाहेक अन्य सबै भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन्।

शुक्रबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

 

 

कात्तिक २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्