नीओनाटाल आईसीयूमा नवजात विभिन्न ट्युबमा जेलिएको छ। ‘इन्क्युवेटर’ जसको संसार बनेको छ, आमाको गर्भबाट बाहिरिएपछि।

‘मनिटर’ले उसका ‘भाइटल’ अंगको निगरानी गरिरहेको छ। जन्म दिने वित्तिकै गरिएको परीक्षणमा आमा कोभिड-१९ पोजेटिभ देखिइन्।

‘आइसोलेशन’ मा राखिनुको विकल्प थिएन। नवजातसँग विछाेडिनु उनको नियती बन्यो तत्काल। उता आमाको सामिप्यबाट वञ्चित शिशुमा श्वास प्रश्वास समस्या देखा पर्‍यो।

इन्क्युवेटरबाटै जीवनका लागि सुरु भएको शिशुको संघर्ष र आफ्नो मुटुको टुक्रासँग विछोडिएको आमाको बेदना अनि पुनर्मिलनको आशाको संघर्ष स‌ंगालिएको यो प्रस्तुति। 

सेल्फ आइसोलेसनमा रहँदा बन्टीलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याएको एम्बुलेन्स त्यहाँबाट फर्कनुअघि अक्सिजनलगायत मेडिकल सामग्री मिलाउँदै एक स्वास्थ्यकर्मी

३४ वर्षीया आमाले एउटा स्वस्थ शिशु जन्माइन काठमाडौँ न्युरो अस्पतालमा । तर उनमा कोभिड पोजेटिभ पुष्टि भयो। आफ्नो बच्चालाई काखमा लिन नमिल्ने कुरा उनले अस्पताल ‘बेड’ मै सुनिन्। जीवन यो खुशी क्षणिक रह्यो।

श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लैजानेक्रममा  एम्बुलेन्सभित्र असहज देखिएकी  बन्टी।

अर्कै व्यथा र संघर्षको यात्रा सुरु भयो उनको। त्यो अस्पतालबाट उनलाई छुट्टी दिइयो। तर अरु अस्पतालले उनलाई भर्ना गर्न मानेनन्। घरमै आइसोलेसनमा बस्नु उनको बाध्यता बन्यो।

बन्टी आफैले पर्याप्त श्वासप्रश्वास गर्न नसकेपछि मुखमा पाइप घुसाएर अक्सिजन दिँदै उनका परिवारका सदस्य र चिकित्सक टोली (तलको तस्बिर)।

सुत्केरीले पाउनु पर्ने सेवा, स्याहार, खुराकबाट उनी बन्चित रहिन्। गर्भवती महिला कोभिड-१९ संक्रमणको शिकार हुने सम्भावना बढि भएको अध्ययनहरुले पुष्टि गरेको छ।

निओनाटाल अर्थात जन्मिनेवित्तिकै राखिने सघन उपचार केन्द्रका विरामीको आमाको जिन्दगी सहज हुँदैन। आमामा कोभिड-१९ पोजेटिभ देखापरेपछि उनलाई बच्चाबाट टाढा राख्नु आवश्यक थियो।

शिशुका पिता विरेन्द्र र सानिमा (रोजी)को परीक्षण भएन, तर उनीहरु पनि पोजेटिभ हुन सक्ने आशंका रही रह्यो। फेरि पनि एक्लाएर राखिएकी आमाप्रति यी दुवैजनाले जानी जानी नजर राखी राखे। आवश्यक सामग्रीमा कमी हुन दिएनन्।

अस्पताल स्रोतका अनुसार यो सम्पूर्ण अवधिमा चिकित्सा टोलीले आवश्यक सावधानी अपनायो। पीपीई सबैले लगाउने गर्थे। शिशुको सुरक्षा उच्च तह प्राथमिकता बन्यो उनीहरुको।

बन्टीका नवजात शिशुलाई पनि श्वास प्रश्वास सम्बन्धी समस्या देखिएपछि  एनआईसीयूमा राखेर उपचार गरिँदै।

चिकित्सकहरु रमाइला थिए। ‘फुच्चे बलियो थियो।’ कहिलेकाहीँ नवजातहरुको अवस्था बिग्रन जान्छ,तर यसले लक्षण सुखद देखायो। आखिर उसका आवश्यकता पनि कति नै थिए र ?

नवजात शिशु निको भएर अस्पतालबाट डिस्चार्ज हुनेक्रममा  हातमा लिँदै उनकी आन्टी।

शिशुलाई निओनाटाल आईसीयूबाट तीन दिनपछि डिस्चार्ज गरियो। स्वस्थ र सुरक्षितरुपमा उ घर भित्रियो। तर आमाबाट १४ दिनसम्म टाढै राखियो। उनकी आमाज्युले पूर्ण सम्हालिन्।

कोरोना संक्रमण पुष्टि भएपछि, बच्चालाई जन्म दिएको दोस्रो दिनमै सेल्फ आइसोलेसनका लागि अस्पतालबाट घर फर्कनेक्रममा बन्टी।

‘घरमै पनि उनको अवस्था ठिक थिएन। तर, अस्पतालमा उनको ‘अचेत हालत र भेन्टिलेटर’ यी असहज क्षण थिए’, वीरेन्द्रले भने, ‘म सामान्यतया सकारात्मक सोच राख्ने मान्छे हुँ। तर, डाक्टरले नै शंका गर्न थालेपछि कसरी आस गर्ने ?’

सेल्फ आइसोलेसनका क्रममा खाना खाँदै बन्टी।

त्यति हुँदाहुँदै पनि चिकित्सक र उनीहरुको टीमले कति पनि आस मारेन।

नवजात शिशुलाई आफ्नो कोठामा खुवाउँदै उनकी आन्टी। आमालाई कोरोना संक्रमण भएपछि नवजात शिशुको स्याहार उनैले गरिरहेकी थिइन्।

कोभिड-१९ उपचारमा प्रयोगमा आएका नयाँ नयाँ विधिहरु अपनाए उनीहरुले। चमात्कार भयो। सुधार देखिन थाले।। र बन्टी कोभिड-१९ नेगेटिभ देखिइन्। १२ दिनपछि भेन्टिलेटरबाट निकालियो उनलाई।

आमालाई कोरोना संक्रमण भएर सेल्फ आइसोलेसनमा रहेका बेला बोतलमा राखिएको दुध चुस्दै बच्चा र   तेल लगाएर मसाज गर्दिदै उनकी आन्टी (तलको तस्विर)

‘सुरुमा  बिउँझेपछि गर्दनमा केही गह्रुंगो महसुस गरेँ, गला अड्केको जस्तो लाग्यो र बोल्न सकिन। के भएको होला यस्तो’, बन्टीले सोधिन्। अनि उनका पति विरेन्द्रले सम्झाए उनलाई फोनबाटै।

लगत्तै ‘स्पिकिङ भाल्भ’को सहयोगमा उनि कुरा गर्न थालिन्  र हिँड्न पनि। उनलाई कुनै दीर्घकालीन क्षति पुगेको देखिएन।

आन्टीले स्याहार गरिरहेकी नवजात शिशुलाई हातमा लिँदै उनका बाबु।

केही दिन अस्पतालमा बसी १३ औँ दिनमा बन्टी घर जान तयार हुँदै गर्दा डाक्टर, नर्स र अन्य अस्पतालकर्मीहरु सुखद् आश्चर्यसहित उनको विदाईमा उपस्थित थिए।

सेल्फ आइसोलेसनका क्रममा टोलाइरहेकी बन्टी।

‘हाम्रो लक्ष्य पूरा भयो। हामी अत्यन्त प्रसन्न छौँ यो दिन देख्न पाउँदा’, उनीहरुले भने।

‘चमत्कारै भयो भन्छन् सबैले। फेरि जीवन पाएकोमा म खुशी छु’, बन्टीले भनिन्।

सेल्फ आइसोलेसनमा रहेका बेला सामाजिक दूरी कायम गर्दै टाढैबाट आफ्नो बच्चा नियाल्दै बन्टी।

घर भित्रिएपछि उनलाई बुझाइएको पहिलो उपहार उनकै मुटुको धड्कन थियो, उनको आफ्नै छोरा। दु:खद विछोड र सुखद पुनर्मिलन, पछि बच्चालाई सुनाउन कति ठूलाे घटना र कथा छ बन्टीसँग।

उपचारपछि घर फर्किएर बल्ल छोरालाई काखमा लिन पाएकी बन्टी हर्षित मुद्रामा।

तस्बिरहरु-सुलभ श्रेष्ठ