हुम्लाका दुई कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौँ लगियो

सिमकोट – हुम्लाको नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गका दुई कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौँ लगिएको छ ।
संक्रमितलाई सास फेर्क कठिन भएपछि आइतबार महंगोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लगिएको हो ।
चार दिन पहिले गरेको परीक्षणमा कोरोना संक्रमण देखिएका श्रीमान–श्रीमतीलाई काठमाडौँ लगिएको प्रहरी नायव उपरीक्षक सूर्य सुवेदीले बताए ।
संक्रमितलाई शनिबार बेलुका नै सास फेर्न असजिलो भएको खबर आए पनि उद्धार गर्ने कुनै बिकल्प नहुँदा आइतबार निजी खर्चमा हेलिकप्टर चार्टर्ड गरेर काठमाडौँ लगिएको होे ।
नाम्खाका अरु ११ जनामा पनि कोरोना संक्रमण देखिएको छ।