सम्बन्धमा जिम्मेवारीको कथा भन्ने फिल्म ‘सम्बन्धक’ सार्वजनिक

काठमाडौँ – सर्ट फिल्म सम्बन्धक सार्वजनिक भएको छ। सिद्धार्थ पुडासैनीद्वारा निर्देशित फिल्म भाइटीकाको पूर्वसन्ध्यामा युट्युबमा रिलिज भएको हो।

फिल्ममा दाजु, बहिनी र भाइको कथा देखाइएको छ। बहिनी नेहा ग्राफिक डिजाइन पढ्नका लागि अस्ट्रेलिया जान चाहन्छिन्। उसको योजनामा दाजु र भाइको भने साथ रहँदैन किनकि उनीहरू नेहामा निर्भर हुन्छन्।

परिवारप्रतिको जिम्मेवारीकै कारण नेहाको विदेशीले योजना पूरा नहुने मोडमा पुग्छ। उनका लागि सम्बन्ध नै बन्धक बन्छ। बन्धनबाट फुत्कन नेहाले गर्ने संघर्ष ‘सम्बन्धक’को कथा हो।

फिल्मको कथा निर्देशक पुडासैनीले नै लेखेका हुन्। फिल्म सम्पादन पनि उनले नै गरेका हुन्। फिल्ममा कलाकारहरू मीरा खड्का, सन्देश शाक्य, सिमान्त पुडासैनी, आकांक्षा जिसी, सिद्दान्त पुडासैनीको अभिनय रहेको छ।

टुनामुना प्रोडक्सनको प्रस्तुति फिल्मलाई मनिस पोखरेल र क्षितिज कार्कीले खिचेका हुन्।

कात्तिक ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्