दाङको लमहीमा नेपाल बैंकको शाखा स्थापना

दाङ-नेपाल बैंक लिमिटेडको शाखा दाङको लमहीमा स्थापना भएको छ। ८४ औ वर्ष प्रवेश गरेको अवसरमा लमही नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन गरिएको हो।
नेपाल सरकार तथा निजी लगानिकर्ताहरूको संयुक्त लगानिमा स्थापना भएको नेपाल बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो।
लमही नगरपालिकाका मेयर कुलबहादुर केसि र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्तरुपमा उद्घाटन गरे ।
नेपाल बैंक लिमिटेडको सेवालाई समयानुकूल बनाउन, साना उद्यमी तथा किसानको समेत बैंकको सेवामा पहुँच स्थापित गर्न सुझाव दिइएको छ ।`यो बैंक बाजे पुस्ताको हो।
हामी अहिले नाति पुस्ताका सेवाग्राहीले सेवा पहिलो पटक आफ्नो क्षेत्रबाट लिन पाएका छौँ´लमहीका व्यवसायी नारायण डिसी छम्पालीले भने,`यसको सेवामा सबैको पहुँच पुग्नुपर्छ। लुम्बिनी प्रदेशकाे स्थानीय राजधानी देउखुरी उपत्यकाको लमहीमा नेपाल बैंक स्थापना गरेर आर्थिक बिकासमा योग्दान पुगेको उनको भनाइ थियो।
सेवा सुविधा प्रदान गर्न ढिलासुस्ती गर्न नहुने अर्का व्यवसायी लिलाराम खनालले बताए । कार्यक्रममा प्रमुख अतिथि मेयर कुलबहादुर केसीले राजश्व दाखिला लगायतका सेवा लिन टाढा जानुपर्ने बाध्यताकाे अन्त्य भएकोमा खुसि व्यक्त गरे।
लमही शाखाका प्रमुख नर्वु लामाको अध्यक्षता तथा लमही नगरपालिकाका मेयर कुलबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसि, लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सनमकुमार पौडेल, नेपाल बैंक लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख पासाङ दोर्जे शेर्पा लगायतका वक्ताहरुले मन्तब्य व्यक्त गरे।
सिसहनिया शाखा प्रमुख प्रशन्न धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन तुलसीपुर शाखा प्रमुख विश्वराज अधिकारीले गरेका थिए ।