मानेको गोलले सेनेगल पुग्यो अफ्रिका कप अफ नेशन्समा

साडिओ मानेको गोलको सहयोगमा सेनेगलल अफ्रिका कप अफ नेशन्सको फाइनल चरणमा स्थान बनाउन सफल भएको छ ।

८२ औँ मिनेटमा मानेले गोल गरि गिनी–बिसाउसँगको खेलमा सेनेगललाई जित दिलाएका हुन् । गिनी–बिसाउका जोर्गे नोगुएइरा रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि मानेले गोल गरेका हुन् ।

सेनेगल अफ्रिकी देशहरुको बरियतामा अहिले शीर्ष स्थानमा छ । २०२२ मा हुने प्रतिस्पर्धाका लागि छनौट हुने आयोजक क्यामरुनपछिको सेनेगल दोस्रो देश हो ।

दुई खेल बाँकी हुँदै समूह आई को सेनेगलले १२ अंक बनाएको छ । कोरोना भाइरस महामारीका कारण २०२१ मा हुने तय भएको अफ्रिका कप अफ नेशन्स २०२२ को जनवरीका लागि सारिएको छ ।

मंसिर १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्