१० वर्ष लागिन् ऐश्वर्या पुत्री आराध्या, छोरीसँग विश्व सुन्दरी आमाको ‘ट्वीन ड्रेसअप’

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको अभिनयको तारिफ जति गरिन्छ त्योभन्दा बढि हुन्छ उनको सुन्दरताको बखान। यी विश्व सुन्दरी  बलिउडका महान् अभिनेता अमिताभ बच्चनको परिवारसँग जोडिएपछि उनको चर्चा अझ झांगिएको छ।

अमिताभ पुत्र अभिषेकसँग एक दशकअघि ऐश्वर्ताको विवाह भएको थियो। यी दम्पतीका एक छोरी छन् जो सोमबार ९ वर्ष पूरा भएर १० वर्ष लागेकी छन्।

विश्व सुन्दरी र सफल अभिनेत्रीकी छोरी आराध्या भविष्यमा कुन क्षेत्रमा जानेछिन् वा आमाले कता लैजानेछिन् भन्ने विषय चर्चामा आइरहने छ। यतिबेला आराध्याको जन्मदिनको अवसरमा यी आमा-छोरीको ‘ट्वीन ड्रेस अप’ चर्चामा छ।

मंसिर १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्