हङकङमा नेपाली रेस्टुरेन्टमा आगलागी, कम्तिमा सात नेपालीको मृत्यु

फाइल तस्बिर।

हङकङको याउ मा तेइमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सातजना नेपालीको मृत्यु भएको छ । नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आइतबार राति आगलागी भएको हो ।

आगलागीमा परि ज्यान गुमाउनेमा ९ वर्षको बच्चासहित कम्तिमा सात नेपालीको ज्यान गएको हो । मृत्यु हुनेमा ९ देखि ४० वर्ष उमेरका चार पुरुष र तीन महिला रहेको साउथ चाइना मर्निङ्ग पोस्टले जनाएको छ । मृतको सनाखत भइसकेको छैन।

अस्पताल पुर्‍याइएका १८ जना घाइतेमध्ये सात जनाको मृत्यु भएको हो। दुईजनाको अवस्था अझै गम्भीर रहेको जनाइएको छ ।

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको स्थानीय प्रहरीले जनाएको छ। अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगो नियन्त्रणमा लिएका थिए।

मंसिर १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्