फोटो फिचर
काठमाडौँ – पुनर्निर्माण सम्पन्न भएको काठमाडौँको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारका दिन सोमबार (आज) खुलेको छ । त्यहाँ मन्दिरमा दर्शन गरि टीका लगाउन जानेहरुको चहलपलह छ ।
कोरोना भाइरसको महामारीका कारण भिडभाड कम भए पनि दिदी बिहनी नहुने र दाजुभाइ नहुनेहरु त्यहाँ पुगेका छन् । सावधानीका लागि प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गरिएको छ । यस्तै अधिकांशले मास्क लगाएका छन् ।
यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि खुला भएके हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले बालगोपालेश्वर मन्दिरमा देखिएको तिहारको रौनकलाई केही तस्बिरमा समेटेका छन् ।