हुम्लामा दोस्रोपटक हिमपात, चिसो बढ्यो

सिमकोट – हुम्लामा यो वर्ष दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो भने गत वर्ष भन्दा यसवर्ष हिमापात अगाडि भएको हो ।

हिमपातले चिसो बढेको स्थानीय लोकेन्दै रावतले बताए । बिहानै तापक्रम माईसन सात डिग्री पुगेको छ । उत्तरी हुम्ला सेताम्मे भएको छ भने तिहारको टीका लगाउन केही कठिनाई हुनेछ ।

मानिसहरु हिउमा रमाउन थालेका छन् । मंसिर १ गते बिहानै हिमपात हुँदा किसान खुशी भएका छन् । जेठासी बाली जौ, गहुँ र उवा छर्ने समयमा हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् ।

सोमबार बिहानै हिमपात भएपछि किसानमा खुशीयाली छाएको स्थानीय भक्त रोकायाले बताए । लामो समय पानी नपरेको कारण जमिन सख्खा भएर जोत्न कठिन हुने देखिएका बेला यो हिमपातले त्यसलाई सहज बनाउने विश्वास किसानलाई छ ।

हिमपातले किसानका लागि जेठासी बाली छर्न सहज भएको धुलो हराएर जिल्लामा फैलिएको रुघाखोकी पनि बिसेक हुने उनले बताए । हुम्लामा रुघाखोकी बिरामी बढेका छन् । त्योसँगै यो हिमपात हुम्लामा दोस्रोपटक हो ।

मंसिर १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्