फोटो फिचर
काडमाडौँ – भूकम्पले भत्काएपछि रानी पोखरीको बिचमा अवस्थित विशेष महत्वको बालगोपालेश्वर मन्दिरमा विगतका पाँच तिहारमा त्यहाँ रौनक रहेन । सर्वसाधारणको पहुँचबाट पर रह्यो ।
तर पुनर्निर्माण सम्पन्न भएपछि योपटक मन्दिर खुलेको छ ।
तिहारका दिन मात्रै खुल्ने मन्दिरमा सोमबार (तिहारका दिन) कोरोना भाइरसको महामारीका बिच पनि दर्शनार्थी पुगेका छन् ।
दिदीबहिनी नहुने र दाजुभाइ नहुनेहरु मन्दिरमा गएर दर्शन गरि टीका लगाउने गर्छन् । कतिले मन्दिरमा आफै टीका लगाउँछन् भने कतिले त्यहाँ पुगेकाहरुबाट टीका थाप्ने गर्छन् ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले रानीपोखरीको बिच स्थित बालगोपालेश्वर मन्दिरमा देखिएको तिहारको चहलपहललाई केही तस्बिरमा समेटेकी छन् ।