कलाकारहरुको भाइटिका

काठमाडौँ– आज भाईटिका ! दाजूभाईको लामो आयु र सुस्वास्थ्यको कामना गर्दै नओइलाउने फूल माला लगाएर सप्तरंगी टिका लगाइदिने चलन छ।

हिन्दु धर्मावलम्बीहरुको महान चाड तिहारको मुख्य दिनहरुमध्ये भाइटिका धेरैले मनाएका छन्। यो वर्ष कोरोना भाइरस महामारीको कारणले अवस्था सामान्य छैन, त्यसैले पछिल्ला वर्षहरुमा जस्तो यो वर्ष सहजै भाइटिका लगाउने वातावरण भने छैन।

भुवन के सी

तर पनि केही व्यवस्था मिलाएर मानिसहरुले भाइटिक लगाएका छन्। केही कलाकारहरुले पनि टाढाका आफ्ना दाजूभाईलाई सकेसम्म भेटेर भाइटिका लगाएका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा भाईटिकाको तस्बिर साझा गरेका छन्।

झरना थापा

केकी अधिकारी

नम्रता सापकोटा

सुहाना थापा

मंसिर १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्