काभ्रेमा कोरोनाबाट तीनको मृत्यु

काभ्रे-कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार मृत्यु हुनेमा पाँचखाल नगरपालिकाका ९१ वर्षीय पुरुष, बनेपा नगरपालिकाका ७२ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुष छन्।

उनीहरुको अस्पतालमा उपचारका क्रममा शनिबार मृत्यु भएको हो । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट ३२ पुरुष र १३ महिला गरी ४५ जनाको मृत्यु भएको छ। तीमध्ये १४ जना अन्य जिल्लाका छन् ।

आज मात्रै २० जना सङ्क्रमणबाट मुक्त भइ घर फर्किएका छन्। यसैगरी विभिन्न स्थानमा गरी ११ नयाँ सङ्क्रमित थपिएका छन्।

थपिएकामा बनेपा नगरपालिकामा ६, धुलिखेल नगरपालिकामा एक, पनौती नगरपालिकामा दुई र नमोबुद्ध नगरपालिकामा दुई जना छन्।

हालसम्म जिल्लामा दुई हजार २४३ जनामा सङ्क्रमण देखिएकामा एक हजार ७०३ जना निको भइसकेका छन्।

सक्रिय सङ्क्रमितको सङ्ख्या भने ५०९ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

मंसिर १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्