भाइटिकाकाे दिन दुर्घटना: बहिनीकाे मृत्यु, दाइ घाइते

दाङ-रेडियो हम्राे पहुँच तुलसीपुरमा कार्यरत सञ्चारकर्मी तुलसीपुर उपमहानगरपालिका-१९ बिजाैरी निवासी २२ बर्षीया मनिषा लामिछानेकाे मृत्युु भएको छ । स्कारपीयाे गाडीकाे ठक्करबाट लामिछानेकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुरको गुल्म जाने चोकमा दिउसो साढे एक बजे रा १ प ६७२१ नम्बरको मोटरसाईकल लाई लु.अ.अ.क ३९४६ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक २४ बर्षका बिराज लामीछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए ।

मनिषाको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको हो । घाइते मनिषाका दाइको अहिले कोहलपुरमै उपचार भइरहेको छ । भाइटिका लगाएर रेडियोमा पुर्‍याउन फर्किने क्रममा दुर्घटना भएको जनाइएको छ । ठक्कर दिने गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंसिर १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्