७५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु

विराटनगर – धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ।

यससँगै उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सोमबार राती ७ बजेर २० मिनेटमा मोरङको मिक्लाजुंग गाँउपालिकाकी ७५ वर्षीया बृद्धाको उपचारका क्रममा मृत्यु भएको हो।

प्रतिष्ठानमा हाल ३० जना संक्रमित उपचाररत रहेका छन् । त्यसैगरि, प्रतिष्ठानको आइसोलेसनमा हाल ४ जना संक्रमित विरामी भर्ना अवस्थामा रहेका छन्।

मंसिर २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्