पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट झापाका चार जनाको मृत्यु

झापा- पछिल्लो २४ घण्टामा झापामा थप ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार अस्पतालमा उपचाररत र होम आइसोलेसनमा बसेकासमेत गरेर ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईँका अनुसार मृत्यु हुनेमा विराट मेडिकल कलेजमा उपचाररत कमल गाउँपालिका ३ का २८ वर्षीय पुरुष, बुद्धशान्ति गाउँपालिका ३ का ६८ वर्षिय र अर्जुनधारा ९ का ७३ वर्षिय बृद्धको बीएण्डसी अस्पतालमा र दमक २ का ८२ वर्षिय बृद्धको होम आइसोलेसनमा मृत्यु भएको हो।

झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ।

मंसिर ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्