दाङका एक कोरोना संक्रमितको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका कोरोना भाइरसबाट संक्रमित ५६ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बिहान साढे दुई बजे मृत्यु भएको हो ।

कोरोनाको आशंकामा उनलाई कात्तिक २४ गते राप्ती विज्ञान प्रतिष्ठान, घोराहीमा जाँच गर्दा २५ गते पोजिटिभ रिपोर्ट आएको थियो । होम आइसोलेशनमै रहेका उनलाई २७ गते बिहान कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो ।

परिवारका अनुसार उनलाई केही समयदेखि मधुमेह र मृर्गौलासम्बन्धी बिरामी भएर उपचार गरिएको थियो ।

बाँकेमा उपचार गराउन आउँदा मृत्यु हुनेको संख्या ४१ पुगिसकेको छ । केही दिनदेखि दाङका संक्रमितको मृत्यु बढेको छ ।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्