कोरोना संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु

जनकपुरधाम-कोरोनना संक्रमणबाट धनुषामा जनप्रतिनिधिको मृत्यु भएको छ।

धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

प्रादेशिक अस्पताल जनकपुरधाम स्थित रहेको कोभिड–१९ विशेष अस्पतालमा उपचाररत रहेका ७० वर्षीय वडाध्यक्ष मोक्तानको आज विहान मृत्यु भएको धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले जानकारी दिए।

एक हप्ता पहिले ज्वरो लागेपछि पुष्पवलपुरस्थित स्वास्थ्यचौकीमा उपचार गराइएका वडाध्यक्षका स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो।

सोमबार कोरोना पुष्टि भएका वडाध्यक्षको शरीरमा अक्सिजन लेभल समेत कम रहेको थियो। वडाध्यक्ष मोक्तान तत्कालीन एमालेबाट निर्वाचित भएका थिए।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्