छठ पर्वको लागि घाट सजाउने कार्य तीब्र, बजारमा अर्घको सामान किन्नेको भिड (फोटो फिचर)

पर्सा-तराई मधेसमा मनाइने गरिएको सबै भन्दा ठुलो छठ पर्वको लागि घाट सजाउने कार्य तिब्र रुपमा भइरहेको छ। पर्सा लगायत तराई मधेसका जिल्लाहरुमा अहिले छठ मनाउन घाट सजाउने कार्य तिब्र रुपमा भईरहेको छ ।छठ पर्ब शुरु भएसँगै बिहीबार ‘रसियाव रोटी’परेको छ।

बुधबार ब्रतालुहरुले नहाय खाय गरेका थए ।छठ पर्बको मुख्य दिन सझियाँ घाटे शुक्रबार परेकोले अहिले स्थानीय स्तरमा रहेका नदी,तलाउ नजिकै बनाइने छठ घाटको सजावट भईरहेको स्थानीयले बताएका छन्।

पर्सामा वीरगञ्ज महानगगरपालिकासहित पोखरिया नगरपालिका,पर्सागढी,बिन्दबासिनी गाउँपालिका,सखुवा प्रसौनी,धोबीनी,पटेर्वा सुगौली,छिपहरमाई ,कालिकामाई गाउँपालिका लगायतका स्थानहरुमा छठ घाट सजावट गर्ने कार्य धमाधम भईरहको स्थानीयबासीले बताएका छन्।

नदी,तलाउ नजिकै बनाइएको घाटमा ब्रतालुहरुले सुर्यको अर्घ दिने भएकाले छठ पर्बमा घाटलाई दुल्ही जस्तै सिँगारेर सजावट गर्ने गरिन्छ ।घाट सजावटको लागि स्थानीय युवाहरु बिशेष रुपमा लागेको देख्न पाइन्छ।

वीरगञ्ज महानगरपालिका लालपर्सा टोलका युवा राधेशयाम गुप्ताले हरेक बर्ष झै यस बर्ष पनि छठ पर्बको लागि घाट सजाउने कार्य गरिरहेको जानकारी दिए ।लालपर्सा छठ पुजा समितिका अध्यक्ष समेत रहेको गुप्ताले गाउँमा चन्दा सँकलन गरि तथा दाताहरुले दिएको रकमले गाउँदेखि छठ घाटसम्म जाने बाटोमा झिल्लीमिल्ली सजाउने र घाटमा पनि बिशेष रुपले सजावट गरिरहेको बताए।

उनले घाट सजाउने कार्य लगभग अन्तिम चरणमा रहेको र घाटसम्म पुग्ने बाटोमा अहिले झिल्लीमिल्ली लगाउने कार्य पनि सकिएको बताए ।‘हरेक बर्ष जस्तै यस बर्ष पनि चन्दा संकलन गरेर छठघाट सजाई रहेका छौ,गुप्ताले भने,घाट र बाटोमा पनि बती प्रबेशद्वार लगायतका कामहरु लगभग सकिनै लागेको छ।’

यता शुक्रबार सझिया घाटे परेकोले अहिले बजारमा अर्घको सामानहरु किन्नेको भिड लागेको छ। छठ पर्वको लागि चाहिने नरिवल,अदुवा,फलफुल,दउरा,ढकनी सुपली लगायतका सामानहरु किन्नेको भिड बजारमा बढेको छ ।ब्रतालुहरुले आफैले अथवा उनीहरुका आफन्तहरु बजारबाट अर्घको सामानहरु किनेर ल्याइरहेका छन्।

यस्तै छठ पर्बको लागि चाहिने ठेकुआ,भुसुवा लगायतका सामानहरु बनाउन गेहुँ धाएर सुकाउने तथा ठेकुआ बनाउन छुटै माटोको चुल्हो समेत ब्रतालुहरुले बनाएर तयार पारेका छन्।बुधबार नहाय खायसँगै शुरु भएको छठ पर्बमा बिहीबार रसियाव रोटी,शुक्रबार सझिया घाटे र शनिबार बिहनिया घाटे परेको छ।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्