दुई वर्षपछि शाहरुख नयाँ सिनेमामा

दुई वर्ष लामो ब्रेक लिएपछि बलिउड अभिनेता शाहरुख खान चलचित्रको छायाँकन सेटमा फर्किएका छन्।

भारतिय मिडियाका अनुसार शाहरुखले यशराज फिल्मसको ब्यानरमा बन्न लागेको ‘पठान’मा काम सुरु गरेका हुन्।

सन् २०१८ मा रिलिज भएको ‘जिरो’ पछि उनी कुनैपनि फिल्ममा देखिएका छैनन्।

त्यसपछि शाहरुखले २० वटा भन्दा बढी स्क्रिप्ट हेरेर अस्वीकार गरेको बलिउड हंगामाले उल्लेख गरेको छ।

पछिल्ला फिल्महरु बक्स अफिसमा राम्ररी नचलेपछि उनले स्क्रिप्टमा ध्यान दिएका हुन्।बलिउड हंगामाका अनुसार यस फिल्ममा जोन अब्राहम र दीपीका पादुकोण पनि छन्।

उनीहरुको सुटिङ भने सन् २०२१ मा मात्र हुने बताइएको छ। तर यसबारेमा यशराज फिल्मसले कुनै औपचारिक जानकारी दिएको छैन।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्