आमिर खानका भाञ्जा इमरान खानले छाडे बलिउड

बलिउड अभिनेता इमरान खानले बलिउडबाट विदा लिएका छन्।

इमरानका साथी अक्षय ओबरोयले यसबारे जानकारी दिएको दैनिक भास्करले उल्लेख गरेको छ।

इमरानले पछिल्लो पाँच वर्ष यता कुनै फिल्म खेलेका छैनन्।

उनले बलिउडमा अभिनेताका रुपमा ‘जाने तु या जाने ना’ बाट डेब्यु गरेका थिए।

अक्षयका अनुसार उनीहरु दुवैले एकैपटक किशोर एक्टिङ स्कुलबाट अभिनय सिकेका हुन्।

साथै उनीहरु विगत १८ वर्षदेखि साथी छन्। इमरानमा राम्रो निर्देशक एवम लेखक बन्ने क्षमता भएको र उनी छिट्टै फिल्म निर्देशनमा लागेको हेर्न आफूले चाहेको अक्षयले बताएका छन्।

डेब्यु फिल्मपछि इमरानले ‘देल्ली बेल्ली’, ‘आइ हेट लभ स्टोरी’, ‘गोरी तेरा प्यार मे’ लगायत दर्जनौँ फिल्ममा अभिनय गरेका थिए।

उनी पछिल्लो समय २०१५ मा रिलिज भएको निखिल अड्भानीद्धारा निर्देशित फिल्म ‘कट्टी बट्टी’मा देखा परेका थिए। इमरान खान अभिनेता आमिर खानका भान्जा समेत हुन्।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्