हुम्लामा हालसम्म ६५ जना कोरोना संक्रमण, नौजनाले कोरोना जितेर घर फर्किए

फाइल तस्बिर

सिमकोट-निक्कै पछिसम्म कोरोना संक्रमणका हिसावले ग्रीन जोनका रुपमा रहेको हिमाली जिल्ला हुम्लामा आलसम्म ६५ जना कोरोना संक्रमितको संख्या पुगेको छ । कुल संक्रमित मध्य नौ जनाले कोरोना जितेका छन्।

पछिल्लो पटक नाम्खा गाउँपालिकाको महाबौद्ध माविको छात्रावासमा बस्दै आएका ५६ जनामा कोरोना संक्रमण देखिएपछि जिल्लामा यो संख्या बढेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए । त्यस भन्दा पहिले नौ जनामा कोरोना देखिएका थियो।

उनीहरुलाई कात्तिक १८ गते कोरोना निको भएर हुम्ला जिल्ला कोरोना मुक्त भएको थियो। तर नाम्खा गाउँपालिकामा पाँच दिनको अन्तरमा ठुलो संख्यामा कोरोना संक्रमित देखिएका थिए।

नाम्खाका कुल ५६ जना संक्रमित मध्य दुई जना आफुखुसी उनीहरुलाई नै हेलिकोप्टर रिजर्भ गरेर काठमाडौं उद्धार गरिएको थियो भने बाँकी ५४ जना हाल छात्रावास तथा विद्यालयमा आइसोलेशनमा बस्दै आएका छन्।

उनीहरुको उपचारका लागि डाक्टर नविन रोकाया सहित स्वास्थ्यकर्मी र ल्यावको टोली नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ पुगेर उपचार गरेको थियो । उनीहरु सबैको स्वास्थ्य अबस्था भने सामान्य रहेको प्रमुख सिंहले बताए।

नाम्खामा एक्कासी समुदाय स्तरमा कोरोना देखिएपछि यसले भयावह रुप लेला भन्ने चिन्ता भई रहेका बेला अहिले त्यो अवस्था नरहेको उनले बताए। यद्यपि जिल्लाका बिभिन्न गाउँपालिकामा रुघाखोकी ज्वरो आउने बिरामीको संख्या भने दैनिक बढी रहेको छ।

चिसो बढेको कारण सिजनल फ्लुको प्रकोप रहेको चिकित्सकहरुले बताउदै आएका छन्। हुम्लामा पहिलो पटक कोरोना संक्रमित नेपालगंजबाट हवाई जहाजमा आएकी सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ की युवतीमा गत असोज ३ गते देखिएको थियो।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्