प्रदेश-१ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौँ- प्रदेश १ मा कोरोना भाइरसका २ सय १८ जना नयाँ संक्रमित थप भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरस्थित मन्त्रालयका अनुसार प्रदेशमा विहीबार ८ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको थियो। जसमध्ये ९९ महिला र १ सय १९ पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले पुष्टि गरेको हो।

यसक्रममा मोरंगमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा समान १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ।
मोरंगको विराटनगर महानगरपालिकामा ६८, कानेपोखरी गाँउपालिकामा ४, उर्लाबारी नगरपालिकामा २, बेलबारी, पथरीशनिश्चरे, रतुवामाई, सुन्दरहरैंचा, रंगेली नगरपालिकासंगै धनपालथान, जहदा, बुढीगंगा, मिक्लाजुङ गाँउपालिकामा समान १ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरि, सुनसरीको धरान उपमहानगरपालिकामा २३, इटहरी उपमहानगरपालिकामा २१, रामधुनी नगरपालिकामा ३, इनरुवा, दुहवी नगरपालिकासंगै भोक्राहानरसिंह गाँउपालिकामा समान २ र बराहक्षेत्र नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। झापाको दमक नगरपालिकामा ११, विर्तामोड नगरपालिकामा ७, मेचीनगर नगरपालिका र झापा गाउँपालिकमा समान ५, भद्रपुर नगरपालिका र कमल गाउँपालिकामा समान ४, हल्दिबारी गाँउपालिकामा ३, कनकाई नगरपालिकामा २, गौरादह, शिवसताक्षी र अर्जुनधारा नगरपालिकामा समान १ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

त्यसैगरि, पहाडीक्षेत्र पाँचथरको फिदिम नगरपालिकामा ११, संखुवासभाको खाँदबारी नगरपालिकामा ४, इलामको इलाम नगरपालिकामा २ र माई जोगमाई गाँउपालिकामा १, उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिकामा समान १, धनकुटा र भोजपुरमा पनि समान १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ३४ पुगेको छ।

अर्कोतर्फ, गएको २४ घण्टामा प्रदेशमा ५ सय ६० जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। यसक्रममा प्रदेशको विभिन्न स्थानका होम आईसोलेसनबाट ५ सय ४०, झापाको मेची अस्पतालबाट ७, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालबाट समान ४ जना डिस्चार्ज भएका हुन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७ सय ८७ पुगेको छ। त्यसैगरी, प्रदेशमा संक्रमणका कारण मृत्यु हुनेका संख्या ३ सय २ पुगेको छ । बिहीबार सुनसरीमा ७ र ताप्लेजुंगको १ जना गरि ८ जनाको मृत्यु भएको छ । जसमा २ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्