कोरोना संक्रमणबाट प्रदेश-२ मा चारजनाको मृत्यु

जनकपुरधाम-कोरोना संक्रमणबाट प्रदेश २ मा थप ४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ सय ८८ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

आज धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ६ का पुरुष, सप्तरीको राजविराज नगरपालिका वडा नं. १० का ६८ वर्षीय पुरुष, राजविराज नगरपालिका वडा नं. ६ का ७० वर्षीय पुरुष र सुरुङ्गा नगरपालिका वडा नं. २ कमलपुरकी ३९ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका १२, धनुषाका १०, सिरहाका ७, सप्तरीका ३, बाराका ३, महोत्तरीका २, सर्लाहीका १ र अन्य प्रदेशका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै कोरोना संक्रमितको संख्या १६ हजार ४ सय ४ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। यससँगै निको हुनेको संख्या १५ हजार ३ सय ७४ पुगेको छ। हाल यस प्रदेशमा ८ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्