सुदूरपश्चिममा बिहिवार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी-बिहिवार सुदूरपश्चिमका तिन वटा प्रयोगशालामा गरि थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सेती प्रादेशीक अस्पतालको परिक्षणमा २३ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५ जना र बझाङ अस्पतालको प्रयोगशालामा ९ जना गरि थप ३७ जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीका १८ सहित सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टाको अवधिका सेती प्रादेशिक अस्पतालमा गरिएको ३ सय ५१ जनाको स्वाव परिक्षणमा कैलालीका १८ सहित कञ्चनपुरका ४ र बझाङका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर २ का ३ जना, वडा नमबर ३, ५, ८ र १९ का १÷१ जना, तथा वडा नम्बर ४ का २ जना रहेका छन्।

यसैगरी कैलालीकै गोदावरी नगरपालिकाका २, लम्किचुहा नगरपालिकाका ५, गौरिगंगाका १ र उम्मेर नखुलेका कैलालीका १ जनामा पनि बिहीबार संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार बिहीबार नै सेतीको परिक्षणमा बझाङका १ तथा कञ्चनपुरको भिमदत्त नगरपालिकाका ३ र वेलौरी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार बिहिवारसम्म सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १७ सय २२ रहेको छ । यस प्रदेशमा बिहिवार सम्म ८ हजार ८ सय ४९ जना कोरोना संक्रमण निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्