श्रीमती हत्याको आरोप लागेका भण्डारी जेल चलान

झापा- श्रीमतीलाई हत्या गर्ने झापा गौरादहका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ।

झापा जिल्ला अदालतको आदेशले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको हो।

उनलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो।

भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा हत्या भएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीले हथौडा प्रहार गरी श्रीमतीको हत्या गरेका थिए।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्