काठमाडौँ – देशको पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसबाहेक अन्य भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान मौसमविदले गरेका छन्।

शुक्रबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

अहिले बिहान देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ।

अन्य भूभागमा बिहानको मौसम पनि सामान्यता सफा रहेको महाशाखाले जनाएको छ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसमविदले जानकारी दिएका छन्।

 

मंसिर ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्